अप्पर तादोङ समष्टिमा हर्षोल्लाससित पालन गरियो एसकेएम पार्टीको ११औं स्थापना दिवस

IMG-20230204-WA0126.jpg

गान्तोक: राज्यका अन्य क्षेत्रमा जस्तै आज गान्तोक जिल्लाको अप्पर तादोङ समष्टिमा पनि सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको ११औं स्थापना दिवस पालन गरियो। यस अवसरमा क्षेत्र विधायक जीटी ढुङ्गेल मुख्य अतिथि रहेका थिए। स्थानीय खाङ्गी पेट्रोल पम्प नजिक अवस्थित पार्टी कार्यालयमा विधायको बाहुलीबाट केक काटेर शुरु भएको स्थापना दिवसको हर्षोल्लास पछि लुम्सेस्थि फुड गोदाममा आयोजित रङ्गा रङ्ग कार्यक्रममा समाप्त भएको थियो। यसबीच विधायक डुङ्गेललाई लिएर क्षेत्रका कार्यकर्ताहरूले राजधानी गान्तोकमा एउटा वाहन ऱ्याली पनि निकालेको थियो।
लुम्सेको फुड गोदाममा आयोजित कार्यक्रममा पनि पार्टी स्थापनाको खुशियालीमा केक काटियो। कार्यक्रममा क्षेत्रका वरिष्ट एसकेएम कार्यकर्ता साथै समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। विविध रङ्गा रङ्ग कार्यक्रमको साथमा आयोजिक कार्यक्रममा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको करिब आधा घण्टाको भिडियो संदेश पनि देखाइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक जीटी ढुङ्गेलले क्षेत्रका सबै क्रान्तिकारीहरूलाई पार्टी स्थापनाको शुभकामना व्यक्त गरे। उनले आफ्नो सम्बोधनमा वर्तमान एसकेएम सरकारको कामहरूको जिकिर गर्दै अझै धेरै काम गर्नुपर्ने बताए। यसैले आगामी चुनाउमा पनि एसकेएम पार्टीलाई सत्तामा ल्याएर थाँतीमा रहेका ती जनहितका कामहरू पुरा गरिनुपर्ने कुरामा उनले जोर दिए। विधायक ढुङ्गले आफ्नो सम्बोधना पछिल्ला करिब ४ वर्षमा तादोङ क्षेत्रमा भएका जनहितका कामहरूको पनि उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement