गान्तोक: सिकिम प्रोफेशनल इन्स्टिच्युट अफ नर्सिङका विद्यार्थीहरु र प्रोफेशनल कलेज अफ आर्ट्स एण्ड साइन्स बुदाङले आज विश्व क्यान्सर दिवसको अवसरमा सेमिनार आयोजना गऱ्यो। सहभागीहरूले छलफल गरे अनि क्यान्सर सचेतना, उपचार, रोकथाम, निदानसम्बन्धी विभिन्न पक्षहरू चर्चा गरेको थियो। विद्यार्थीहरूले स्क्रिनिङका विभिन्न प्रक्रियाहरूबारे जानकारी दिए। विभिन्न आधारभूत विषयमा अन्तरक्रियात्मक सत्र भएको थियो। क्यान्सरको वैज्ञानिक र आनुवंशिक कारणहरूबारे पनि जानकारी गराए। उक्त अन्तरक्रियात्मक कार्यक्रममा उपकुलपति प्रा जसवन्त सोखीको उपस्थिति रहेको थियो। डेप्टी रजिस्ट्रार, डा. आलोक कुमारले विद्यार्थीहरूलाई प्रोत्साहन गरे।









