गान्तोक: गत १३ जनवरीको दिन सवोच्च न्यायालयले दिएको पर्यवेक्षण खण्ड जसले सिक्किमे भारतीय नेपाली समुदायलाई विेदेशी भनेर लाएको लाञ्छनाबाट मुक्तु गराउन सरकार र पाटीले दृढ संकल्पका साथ लड्ने र यस कलंकलाई मेटाएरै छोड्ने प्रतिबद्धता गर्दै २ फरवरी २०२३ को दिन सवोच्च न्यायालयलाई उक्त आपत्तिजनक शब्दहरू हटाइ माग्नको निम्ति पुनः विचार याचिका दर्ता गरिसकेको छ। यसै विषयलाई केन्द्र गर्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको आज सम्पन्न समष्टिस्तरीय ११औं स्थापना दिवसको प्रत्येक निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा साथै दक्षिण जिल्लाका चारवटा समष्दिको निम्ति मुख्य अतिथिका रुपमा मुख्यमन्त्री प्रेमसिँह तामाङले उपस्थित जनसमूहबीच उक्त प्रस्ताव पारित गरेको छ।










