एसकेएम पार्टी मुख्यालयमा पालन गरियो स्थापना दिवस

IMG-20230204-WA0122.jpg

गान्तोक: टिबेड रोडस्थित एसकेएम पार्टी मुख्यालयमा पार्टीको ११औं स्थापना दिवस पालन गरियो। यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सलाहकार एसजी काल्योन मुख्य आतिथिको रूपमा उपस्थित थिए। मुख्य अतिथिको विधिवत दीपज्वलनपछि झण्डोत्तलनसितै प्रथम पार्टी अध्यक्ष एवं जनप्रिय मुख्यमन्त्री पीएस गोलेप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरियो साथै पार्टीको तर्फबाट सम्पूर्ण सिक्किमे जनतालाई बधाई एवं शुभकामना दिए।

यस अवसरमा पार्टी मुख्यालयका उपाध्यक्ष प्रशासन उत्तम लेप्चा (महासचिव प्रशासन) पवन गुरुङ, सिस्को ब्याङ्कका अध्यक्ष डुप पिन्छो, सचिव (जनसम्पर्क) जुनु छेत्री, सविव (प्रशासन) पङ्कज गिरी (कार्यालय सचिव, मुख्यालय) आर के वालिङ, मुख्यमन्त्रीका कानुनी सल्लाहकार ओपी भण्डारी साथै पार्टीका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement