कोलकाता: केन्द्रिय महिला एवं बाल विकास मन्त्री स्मृति ईरानी शनिवार कोलातामा मिडीया समक्ष साक्षात्कार बन्दै राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार लगायत अन्य वित्तीय अनियमितताहरूलाई लिएर प्रश्न उठान गरिन्। उनले भनिन्, केन्द्र सरकारले पश्चिम बंगालमा संचालित विभिन्न योजनाहरूलाई ध्यानमा राखेर ठूलो धनराशि आवन्टन गरेको छ। यसको लागि सम्बन्धित कागज पत्र पनि उपलब्ध छ, तर यहाँ समस्या के छ भने ममता ब्यनर्जी र उनको पार्टीका नेताहरू कागज पत्र नहेरी बोल्दछन्। यथार्थ भन्न पर्दा ममता ब्यनर्जी भ्रष्टाचारका जिम्मेवारीहरूदेखि बँच्न सक्दैनन्। उनी राज्यकी मुख्यमन्त्री हुन् साथै उनको पार्टीका मानिसहरूले विशाल रूपमा भ्रष्टाचार गरेका छन्। यसैले उनले जवाफ दिनैपर्छ। केन्द्रले विभिन्न योजनाहरूको निम्ति रुपियाँ आवन्टन नगरेको आरोपलाई लिएर मन्त्री स्मृति ईरानीले स्पष्ट पारिन्।स्मृति ईरानीले भनिन्, ममता ब्यनर्जीले फण्ड नदिएको शिकायत गरिरहेको छ। जबकि राज्य सरकारले मात्र महिला एवं बाल कल्याण मन्त्रालयको २६० करोड रुपियाँ पनि प्रयोग गर्न सकिरहेको छैन। केन्द्रले फण्ड दिरहेको छ भने त्यसलाई खर्च गर्ने जिम्मेवारी ममताको हो। उनले भनिन्, बंगालमा प्रधानमन्त्री मातृ वन्दना योजनाको नाम परिवर्तन गरेर बंगाल मातृ योजना नामले लागू गरिएको थियो। यसबारेमा उनको विभागले आपत्ति जनाउँदा अब उसो यस्तो गरिनेछैन भनेर पत्र पठाइयो। के ममताले यस कुरालाई अस्वीकार गर्न सक्छन्? उनले भनिन्, राजनीतिमा म तपाई जोमाथि पनि जे पनि आरोप लाग्न सक्छ, तर डाटा अनि पेपर वर्कलाई खारेज गर्न सकिँदैन। आईसीडीएस पोषण अभियान पोषण योजनाको लागि आवन्टित २६ हजार लाख रुपियाँ खर्च भएको छैन ।केन्द्रिय मन्त्री स्मृति ईरानीले भनिन्, रेलवेको मामिलामा पनि बंगालमा पूर्व सरकारको तुलनामा धेर पैसा आवन्ति गरिएको छ। वर्ष २००९ २०१४- मा ४३०० करोड़ रुपियाँ आवन्टन गरिएको थियो भने वर्ष २०१४- देखि यसलाई बढ़ाएर ११९०० करोड़ रुपियाँ पुयाइएको छ। लगभग तीन गुणा बढ़ेको छ। मनरेगाको विषयमा उनले भनिन् मनरेगालाई लिएर कुन किसिमका सिकायतहरू आइरहेका छन् भन्ने कुरा हामी सबैलाई थाहा छ। राज्यको हरेक जिल्लाबाट मनरेगा अनि प्रधानमन्त्री आवास योजनालाई लिएर सिकायतहरू आइरहेका छन्।









