गोर्खा चेली ११ ए साइड गोल्डकप आमन्त्रित फुटबल टुर्नामेन्टको फिक्सर सार्वजनिक

IMG-20230204-WA0117.jpg

खरसाङ: खरसाङ फुटबल एसोसिएसनद्वारा आगामी ७ फरवरीदेखि आयोजना गरिरहेको गोर्खा चेली ११ ए साइड गोल्डकप आमन्त्रित फुटबल टुर्नामेन्टको फिक्सर एसोसिएसनको निजी कार्यालय खरसाङमा उक्त फिक्सर एसोसिएसनका कार्यकारिणी सदस्याहरूको बाहुलीबाट सार्वजनिक गरियो। सम्भवत उत्तर बंगालमा पहिलो चोटी आयोजना हुने भएको यस गोर्खे चेली ११ ए साइड आमन्त्रण गोल्ड कप प्रतियोगितामा ८ वटा फुटबल दलले अंशग्रहण गरिरहेका छन्। आगामी ७ फरवरीदेखि एसोसिएसनको तत्वावधानमा फुटबल रेफरी प्रशिक्षण एवं कार्यशाला पनि आयोजना गरिएको छ। यो प्रशिक्षण एवं कार्याशालामा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई सम्पर्क गर्ने निवेदन गर्दै एसोसिएसनका सचिव सुदीप राईले यो जानकारी गराएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement