सिक्किमले लगाएको गुण हामी भूल्न सक्दैनौं र सिक्किमे जनताले एक्लो नठान्ने अनुरोध छ: अजय एडवार्डस

IMG-20230204-WA0118.jpg

दार्जीलिङ: सिक्किमले लगाएको गुण हामी भूल्न सक्दैनौं यो मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले पोखेका छन्। सर्वोच्च न्यायलयले सिक्किमे नेपाली भाषीहरूलाई विदेशीको लाञ्छाना लगाएको भन्दै आज भारतीय नेपाली भाषीहरूले त्यसो चर्को स्वरमा विरोध जनाउँदै आईरहेको छ।यसै क्रममा आज दार्जीलिङ शहरमा विरोध रैली निकाल्ने कार्य भएको छ। रैलीमा अंश ग्रहण गर्न आएका हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले सिक्किमले लगाएको गुण हामी भूल्न सक्दैनौं भन्दै सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलन भनौं अथवा त्यसपछि गोर्खाल्याण्ड आन्दोलनहरूलाई सिक्किमे जनताले हामीलाई सहयोग पुराउँदै आएको छ। आज सिक्किमे नेपाली भाषीहरूमाथि विदेशीको लाञ्छाना लागेको छ अनि यस्तो प्रकारको लाञ्छाना लाग्नु भनेको गम्भीर विषय हो भनी बताए। अजय एडवर्डले अघि भने, ‘सिक्किमे नेपाली भाषीहरूमाथि लागेको विदेशीको लाञ्छानाले सम्पूर्ण भारतीय गोर्खा नेपाली भाषीहरूको छाती पोलेर आएको छ। हामी सिक्किमे जनताको पक्षमा छौं। सिक्किमे जनताले आफुले आफुलाई एक्लो नठान्ने अनुरोध छ। हामी सिक्किमको राजनीतिमा कुनै प्रकारको हस्तक्षेप गर्न सडकमा ओर्लिएका होइनौं। सिक्किमे नेपाली भाषीहरूसंग हाम्रो रगतको साइनो छ।’

उनले अझ भने, ‘सिक्किमे जनताको राज्य छ। मुख्यमन्त्री छ र पनि उनीहरूलाई विदेशीको लाञ्छाना लाग्दैछ भने हामी दार्जीलिङ पार्वतीय क्षेत्र लगायत देशको विभिन्न प्रान्तहरूमा बसोबासो गर्ने नेपाली भाषी गोर्खाहरूको केही छैन। हामी असुरक्षित छौं। त्यसैले हामीले बारम्बार जातीय चिन्हारी एंव जातीय परिचयको कुरा गरेका हौं। तर यहाँ कतिपय राजनैतिक दलको नेतृत्वहरूले हाम्रो भोटर कार्ड, पेन कार्ड सबै थोक रहेको बताउँदै गोर्खाहरूलाई जातीय परिचय र जातीय चिन्हारीको कुनै जरूरी नरहेको बताउँदै आई रहेको छ।’

सिक्किमे नेपाली भाषीहरूमाथि विदेशीको लाञ्छाना लगाउने काम जो भएको छ। त्यसको विरोधमा हाम्रो पार्टीले बैठक गरेर विभिन्न प्रकारको कार्य योजनाहरू बनाउने छ भन्ने अध्यक्ष एडवार्डले बताएका छन्।

About Author

Advertisement