खरसाङ: खरसाङ देवराली समष्टि अन्तर्गत पर्ने कृषकहरूलाई बागवानी विभागको एमओडी सभासद प्रणाम रसाईलीको पहलमा उन्नत जातको मकैको बीऊहरू वितरण गरिएको छ। समष्टीको सिमानटार नर्थ शिव खोला ग्राम सुधार समिति भवनमा जीटीए अन्तर्गत सह कृषि विभाग खरसाङद्वारा उन्नत जातको मकैको बिजन वितरण गरिएको छ। सञ्चालित सभाको अध्यक्षता सिमानटार ग्राम सुधार समितिको सभापति सुकमान तामङले गरेका थिए। सञ्चालन समष्टि युवा शक्तिको ओ-अर्डिनेटर दिपेश थापाले गरेका थिए। सभालाई सम्बोधनको क्रममा मनोनित सभासद प्रणाम रसाईलीले उपस्थित कृषकहरूलाई उन्नत जातकों मकै, कृषक बन्धु कार्ड र कृषक क्रेडिट कार्ड विषयमा विस्तृत जानकारी गराएका छन्।

यसको साथै पोली हाउस अनि हट हाउस विषयमा बताए अनि मकैको ईन्स्योरेन्सको पनि जानकारी गराएका छन्। उनले जीटीए मुख्य कार्यपाल अनित थापाको असल सोच अनि विचारको कारण यो कार्यक्रम सफल हुन सकेको बताएका छन्। जीटीए खरसाङका जन सम्पर्क अधिकारी साथै भागोप्रमो खरसाङ महकुमा समितिको अध्यक्ष सुवास प्रधानले उपस्थित कृषकहरुलाई अध्यक्ष अनित थापाको भिजनलाई स्पष्ट रूपमा बताएा थिए। यस कार्यक्रममा भागोप्रमो खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, कोषाध्यक्ष संजय प्रधान, कार्यकारिणी सदस्य पुरण राई, टाउन कमिटीको सह सचिव बिरबल पाखरीन र सांगठनिक सचिव रन्जन गजमेर उपस्थित रहेका थिए। आज लगभग १७० कृषकहरूलाई उन्नत जातको मकैको बिजन वितरण गरिएको छ।









