राजनीतिबाट बाहिरिएका झण्डै ३० जना महिला भाजपामा सामेल

65302dac-485e-4cdb-a0fa-827a5eb63aac

कुचबिहार: पञ्चायत चुनाव अघि पार्टीलाई बलियो बनाउन भाजपाले नयाँ सदस्यहरूलाई पार्टीमा समावेश गर्दैछ। भाजपा सांसद तथा गृह राज्यमन्त्री निशिथ प्रामानिकले आज पार्टी कार्यालयमा राजनीतिबाट बाहिरिएका लगभग ३० जना महिलालाई भाजपामा सामेल गरेका छन्। उनलाई भाजपाको झण्डा दिएर पार्टीमा प्रवेश गराइएको हो।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई निशिथ प्रामानिक, भाजपा जिल्ला अध्यक्ष सुकुमार राई, भाजपा विधायक मालती रभा राई र अन्य जिल्ला नेताहरूले पार्टीको झण्डा हस्तान्तरण गरी स्वागत गरेका थिए।

About Author

Advertisement