राजगञ्ज खण्ड पश्चिम मण्डलको वार्षिक क्रीडा प्रतियोगिताको आयोजना

IMG-20230204-WA0100.jpg

राजगञ्ज: आज आमबारीमा राजगञ्ज खण्ड पश्चिम मण्डलको वार्षिक क्रीडा प्रतियोगिता सम्पन्न गरियो। यो प्रतियोगितामा विभिन्न प्राथमिक विद्यालयका विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। राजगञ्ज खण्डको आमबारी फालाकाटा चिन्तामोहन उच्च विद्यालयको मैदानमा वार्षिक प्रतियोगिताको आयोजना गरियो। राजगञ्जका विधायक खगेश्वर रायले झण्डा उत्तोलन गरेर प्रतियोगिताको उद्घाटन गरे। वार्षिक क्रीडा प्रतियोगितामा ४ वटा ग्राम पञ्चायतको ६३ वटा प्राथमिक विद्यालयका लगभग २२१ जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए भने मोठ ३४ वटा इभेन्टको आयोजना गरिएको छ। यस अवसरमा जलपाईगढी जिल्लाको प्राथमिक शिक्षा संसदका चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज पचायत समितिका अध्यक्ष पूर्णिमा राय लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement