सिमानामा गाई-गोरु तस्करी गर्न जाँदा बीएसएफ को गोली लागेर तस्कर घाइते

IMG-20230204-WA0101.jpg

कुचबिहार :एकजना व्यक्ति भारत-बङ्ग्लादेश सिमानाको मध्य बालाभुतको कालजनी नदीबाट गाई-गोरु तस्करी गर्ने क्रममा ६२ नम्बर बटालियनको बीएसएफ जवानले चलाएको गोली लागेर घाइते भएका छन्। यो घटना आज बिहानै तुफानगञ्ज १ खण्डको मध्य बालाभुत इलाकामा घटेको हो। घाइते व्यक्ति असमको धुबरी जिल्ला निवासी साईदुल इस्लामको रूपमा चिन्हित गरिएको छ। बीएसएफ सूत्रले दिएको जानकारी अनुसार तस्करी गर्न अगावै मोठ तीनवटा गाई-गोरू उद्धार भएको छ।

बीएसएफका जवानहरूले घाइते तस्करलाई उद्धार गरेर तुफानगञ्ज महकुमा अस्पतालमा लगे तापनि पछि तिनको अवस्था आशंकाजनक भएपछि कुचबिहार मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ।

About Author

Advertisement