सिमानामा गाई-गोरु तस्करी गर्न जाँदा बीएसएफ को गोली लागेर तस्कर घाइते

IMG-20230204-WA0101.jpg

कुचबिहार :एकजना व्यक्ति भारत-बङ्ग्लादेश सिमानाको मध्य बालाभुतको कालजनी नदीबाट गाई-गोरु तस्करी गर्ने क्रममा ६२ नम्बर बटालियनको बीएसएफ जवानले चलाएको गोली लागेर घाइते भएका छन्। यो घटना आज बिहानै तुफानगञ्ज १ खण्डको मध्य बालाभुत इलाकामा घटेको हो। घाइते व्यक्ति असमको धुबरी जिल्ला निवासी साईदुल इस्लामको रूपमा चिन्हित गरिएको छ। बीएसएफ सूत्रले दिएको जानकारी अनुसार तस्करी गर्न अगावै मोठ तीनवटा गाई-गोरू उद्धार भएको छ।

बीएसएफका जवानहरूले घाइते तस्करलाई उद्धार गरेर तुफानगञ्ज महकुमा अस्पतालमा लगे तापनि पछि तिनको अवस्था आशंकाजनक भएपछि कुचबिहार मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement