ट्रान्सजेन्डर अधिकार ऐन माथि राज्यस्तरीय कार्यशाला

IMG-20230204-WA0000.jpg

गान्तोक: सिक्किम सरकारको सामाजिक न्याय तथा कल्याण विभागद्वारा आज ‘ट्रान्सजेन्डर प्रोटेक्शन अफ राइट ऐन २०१९’ मा जिल्ला स्तरीय एकदिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। ट्रान्सजेन्डर प्रोटेक्शन सेल पाक्योंग, इक्विटी सेलले सिक्किम सरकारी कलेज रिनाकसँगको सहकार्यमा; र रिनाक सरकारी कलेजको रेन्बो हिल्स वेलफेयर एसोसिएसनले कार्यक्रम गरेको हो। ट्रान्सजेन्डरहरूको पहिचान गर्न र शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, सम्पत्ति सार्वजनिक वा निजी कार्यालय राख्ने र सार्वजनिक सेवा र सुविधाहरूको पहुँच र प्रयोगको क्षेत्रमा भेदभावलाई निषेधबारे जागरुकता गराउन यस प्रकारको कार्यक्रम आयोजन गरेको हो। कार्यक्रमको उद्देश्य राज्यमा ट्रान्सजेन्डर अधिकारलाई प्रवर्द्धन गर्नु रहेको थियोजसले ट्रान्सजेन्डरले राज्यमा विभिन्न सरकारी प्रावधानहरूबाट लाभहरू प्राप्त गर्न सकून्। जीविकोपार्जन र उद्यमका लागि सीमान्तीकृत व्यक्तिहरूको लागि सहयोग र राष्ट्रिय ट्रान्सजेन्डर पोर्टल जस्ता योजनाहरूबारे छलफल गरियो।

About Author

Advertisement