गान्तोक: म्याराथन म्यान अफ् सिक्किम अमर सुब्बा आज उनका विद्यार्थी निम्साङ लिम्बूसहित आगामी ५ फरवरीको दिन सम्पन्न हुने कोकत्ता फूल म्याराथनमा भाग लिन कोलकत्ता प्रस्थान भएका छन्। यो म्याराथनमा अमर सुब्बाका जम्मा २४ जना एथलेटीक्स विद्यार्थीहरूले भाग लिइरहेका छन्। यो म्याराथन रेसमा राम्रो प्रदर्शन गर्नेहरूले दिल्ली म्याराथनक निम्ति क्वालिपाइ गर्नेछन्। यसरीनै दिल्लीमा राम्रो प्रदर्शन गरे तिनीहरू एशियन गेम्सको निम्ति क्वालिफाइ गर्नेछन्। उनी लगायत टोलीलाई कोलकत्ता म्याराथनमा भाग लिन सहयोग पुऱ्याउने राज्यका आबकारी विभागका अध्यक्ष गाञ्जा डेञ्जोङ्पा, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका प्रेस एण्ड पब्लीलिटी सचिव कृष्ण लेप्चालाई उनले आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।