गान्तोकः भारतीय जनता पार्टी, सिक्किमको राज्यस्तरीय समन्वय सभा आज सिङ्तामस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। बैठकमा मुख्य रूपमा पार्टीका वरिष्ठ उपाध्यक्ष एसबी कार्की, विधायकगण लगायत प्रदेश कार्यसमिति सदस्पगण, विभित्र मोर्चा पदाधिकारीगण, जिल्ला कमिटीका पदाधिकारीगण एवं मण्डल अध्यक्षहरूको उपस्थिति रहेको थियो। आजको बैठकमा वर्तमान जल्दो-बल्दो मुद्दा सर्वोच्च न्यायालयको फसेला अनि यसबाट उत्त्र विवादहरूमाथि विस्तृत चर्चा गर्दै विभिन्न प्रस्तावहरू ग्रहण गरिएको जानकारी विज्ञप्तिमा दिइएको छ।
सभालाई सम्बोधन गर्दै विधायक डीआर थापाले सवाँच्च न्यायालयद्वारा पुराना व्यापारीहरूको पक्षमा दिएको ‘फसेलामा जून प्रकारले सिक्किमेको परिभाषालाई मेटाउने काम भएको अनि नेपाली समुदायलाई विदेशी भन्ने ‘लाज्छना लगाइएकोमा घोर विरोध जनाए। यस सम्बन्धमा चाँडै विधानसभा सत्र डाकेर उपयुक्त प्रस्ताव ग्रहण गरिनुपर्ने कुरामा जोड दिए। उनले राज्यपाल तथा विधानसभा सचिवालयलाई आपातकालीन विधानसभा सत्र बोलाउने सम्बन्धमा ज्ञापन पनि दिइसकेको बताए।
यस मुद्दामा पार्टी गम्भीर रहेको बताउँदै विधायक थापाले चाँडै पार्टीका १२ जना विधायक अनि प्रदेश कार्यसमितिका सदस्पहरूलाई लिएर नयाँ दिल्लीमा गृहमन्ती अमित शाहलाई भेटेर सिक्किमे अनि सिक्किम नेपाली समुदायमाथि बारम्बार उठ्ने यस्ता लाञ्चनाविरूद्ध चुडान्त समाधान निकाल्ने माग गर्दै ज्ञापन चढाउने ‘बताए। यस विषयमा पार्टीले आजको सभामा प्रस्ताव पनि ग्रहण गरेको छ।
यसैगरी वरिष्ठ विधायक एनके सुब्बाले आफ्नो सम्बोधनमा अहिले सिक्किमे जनता सर्वोच्च न्यायालयको फसेलालाई लिएर अस्थिर बन्न गइरहेको बताउँदै यसको सही तथ्य पार्टी कार्यकर्ताहरूले आम जनतामाझ बुझाउन सक्नुपर्ने बताए। उनले सिक्किमे जनतालाई यस विषयमा जागरूक गराउने दिशामा जोइन्ट एक्सन कमिटीले गरिरहेको पहलको सराहना गर्दै सिक्किम र सिक्किमेको हितमा उठेका प्रत्येक आवाजलाई राजनीतिदेखि माथि उठेर समर्थन गर्नुपर्ने कार्यकर्ताहरूलाई आह्वान गरे भने आजको सभालै यस विषयमा प्रस्ताव पनि ग्रहण गरेको छ।
यसैगरी पार्टीका उपाध्यक्ष एसबी कार्कीले २०१३ मा पहिलोपल्ट सर्वोच्चमा याचिका दर्ता गरेको समयमै नेपालीहरूलाई विदेशीको संञ्चा दिएकोमा आफूहरूले कड्ञा विरोध जनाउँदै धरना प्रदर्शन गरेको तर त्यस समय आफूहरूको कुरा कसैले नसुनेको बताए। अर्का उपाध्यक्ष अर्जुन राईले यस मुद्दाका ऐतिहासिक पक्षहरूबारे उपस्थित कार्यकर्ताहरूलाई अवगत गराउँदै पार्टी कार्यकर्ताहरूले यस्ता विषयहरूको गहन अध्ययन गरेर आम जनतालाई जागरूक गराउनुपर्ने कुरामा जोड् दिए। सभालाई विधायक एसी भेञ्चुङ्पा अनि वाईटी लेप्चाले पनि सम्बोधन गरेका थिए भने विभित्र मुद्दामा खुल्ला चर्चा- परिचर्चा गरिएको थियो। यस अवधि विभिन्न स्तरका पार्टी पदाधिकारीहरूले आ-आफ्नो सुझाउहरू पेश गरेका थिए।