प्रधानमन्ती नरेन्द्र मोदीलाई दुर्बल र बीमार पश्चिम बंगालको ठूलो चिन्ता छ; दिलीप घोष

tttt

कोलकताः भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष दिलीप घोषले भनेका छन्‌, प्रधानमन्ती नरेन्द्र मोदीलाई दुर्बल र बीमार पश्चिम बंगालको ठूलो चिन्ता छ। प्रधानमन्त्रीले यस राज्यको बढी नै परवाह गर्ने गर्दछन्‌। उल्लेखनीय छ, बितेका केही दिनदेखिको अन्य राजनीतिक दलहरूले भाजपामाथि आरोप लगाइरहेका छन्‌ कि पश्चिम बंगालमा हुनलागेको पञ्चायत चुनाउलाई ध्यानमा राखेर आवास योजना सहित अन्य केन्द्रिय योजनाहरूको लागि आवन्टित धन राशिलाई बढाएर अल्पसंख्यकहरूलाई रिझाउने प्रयास गरिरहेको छ। भाजपाका राष्ट्रिय उपाध्यक्ष एवं सांसद दिलीप घोष शुक्रवार बिहान हवाई मार्ग भएर अगरतला प्रस्थान गर्नअघि ‘हवाईअङ्डामा संचारकर्मीहरूसित कुराकानी गर्दै पश्चिम बंगाल राज्यसित सम्बन्धित केही मुद्दाहरूमाथि टिप्पणी गरे। अन्य राजनीतिक दलले भाजपामाथि लगाएको यस आरोप कि विभिन्न सरकारी योजनाहरूको घोषणा गरेर अल्पसंख्यकहरूलाई रिझाउने प्रयास गरिरहेको सन्दर्भमा उनले भने, पश्चिम बंगालको स्थिति दयनीय छ। तथापि यहाँका मानिसहरूले ट्याक्स दिइरहेका छन्‌। केन्द्र सरकार सबैको सरकार हो। सबैको साथ, सबैको विकास। पश्चिम बंगाल सबै लाभहरूबाट वञ्चित रहनेछ। किनभने उसले ममतालाई भोट दियो, यो मोदीको नीति होइन। जुन नानी कमजोर हुन्छ आमालै उसैलाई बढी परवाह गर्दछन्‌। मोदीलाई पनि दुर्बल र बिमार पश्चिम बंगालको बढी ‘परवाह छ।

 भाजपा सांसदले अघि भने, यो चिन्तन गर्ने कुरा हो। यस राज्यमा अल्पसंख्यकहरूको संख्या ३० प्रतिशत छ। स्वतन्त्वताको ७५ वर्षमा उनीहरूले के पाए? उनीहरूले पनि आज यसबारेमा सोचिरहेका छन्‌। यी ३० प्रतिशत मानिसहरू पछौटे नै रहिरहे राज्य कसरी अघि बढ्न सक्छ? देशभरिका अप्लसंख्यकहरूको विकासको लागि मोदीजीले धेरैवटा योजनाहरू बनाइरहेका छन्‌। गरीब कत्याण योजनाको लाभ सबैभन्दा बढी गरीब अल्पसंख्यकहरूलाई प्राप्त भएको छ। तर उनीहरू पश्चिम बंगालमा यसबाट वञ्चित छन्‌। उनीहरूलाई भाजपाको नाममा डराउने गरिन्छ। उनीहरू लामो समयदेखिको शिक्षा अनि स्वास्थ्यदेखि वञ्चित बन्दै आइरहेका छन्‌। बम,बन्दुक उनीहरूलाई जानीबुझी सुम्पिइन्छ। अब उनीहरूले सोच्ने दिन आएको छ, मोदीबाट लाभ लिने हो कि दिदीसितै बिचराको जीवन बिताउने हो। मालदामा मध्यान्ह भोजन अन्तर्गत नानीहरूलाई बासी र सडिएको चामल दिइएकोमा राज्य सरकारलाई निशानाम बनाउँदै सांसद घोषले यो घटना अप्यन्तै दुर्भाग्यपूर्ण रहेको बताए। उनले भने, नानीहरू हाम्रा भविष्य हुन्‌। केन्द्रले मध्यान्ह भोजनमा करोडौं रुपियाँ खर्च गरिरहेको छ। ताकि गरीब नानीहरू स्कूल पढ्न आओस्‌। तर यहाँत उनीहरूलाई बँचेको र सड्एको भोजन खिलाइँदैछ। उनीहरू कस्ता किसिमका मानिसहरू हुन्‌ जो स-साना नानीहरूसित यस किसिमको हरकत गर्न अलिकति पनि हिच्किचाइरहेका छैनन्‌। यस अवस्थामा पनि केन्द्रिय बलहरू जाँच गर्न आउँदा विरोध गरिन्छ। त्यै मानिसहरूले यसको विरोध गरिरहेका छन्‌ जसले नानीहरूलाई सङ्एको भोजन खिलाउने गर्दछन्‌। यस्तै असामाजिक तत्व आज तृणमूलमा नेता छन्‌। उनीहरूबाट कुनै किसिमको मानवता वा भवाईको आशा राख्न सकिँदैन। यस्ता कुराहरू त भइनै रहन्छन्‌। अचानक पूनेस्कोले कोलकातामा -्याली निकात्यो। -यालीमा सय दिने रोजगार अन्तर्गत काम गर्ने महिलाहरूलाई वाहनहरूको माध्यमबाट ल्याइएको आरोप छ। यस मामिलामा भाजपा सांसद दिलीप घोषणले निराशा व्यक्त गर्दै भने, ठूल्ठूला कामहरू छल कपटबाट हुँदैन। अहिलेघरि जहाँ पनि तृणमूल कंग्रेसको -ऱ्याली हुन्छ ती सबैमा दैनिक मजदुरी गर्ने मजदुर, मिङ-डै मिलर्स ता सिविक भलिन्टियरलाई त्याइन्छ। यिनीहरू उसको आफ्ना हुन्‌। उनीहरूको उपयोग गरिँदैछ र हाम्रो उपयोग भइरहेको छ भन्ने कुरा उनीहरूले पनि बुझिसकैका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement