९ फरवरीमा एक दिवसीय विधानसभा सत्र निर्धारित

IMG_20220916_212926.jpg

गान्तोक: आगामी ९ फरवरीको दिन सिक्किम विधानसभाको एक दिवसीय सत्र आयोजना गरिने भएको छ। आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेतीले यो जानकारी दिएका छन्। विधानसभा अध्यक्ष उप्रेतीले सिक्किम सरकारको अनुरोध अनुरूप आगामी ९ फरवरी, २०२३ मा सिक्किम विधानसभाको एक दिवसीय सत्र निर्धारित गरिएको जानकारी गराएका छन्। उल्लेखनीय छ, आयकर छुट मामिलामा सुप्रीम कोर्टले सुनाएको फसेलामा सिक्किमे नेपाली समुदाय विदेशी मूलका रैथाने हुन् भन्ने कुरा प्रतिबिम्बित भएपछि राज्यव्यापी रूपमा प्रतिवाद तीव्र बन्दै गइरहेको छ। यस बीच जोइन्ट एक्सन कमिटीलगायत सबै विपक्षी राजनीतिक पार्टीहरूले विशेष विधानसभा सत्र बोलाएर वर्तमान संकटमाथि चर्चा गरेर समस्या समाधानको निम्ति पहल गर्नुपर्ने माग गर्दै आइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement