सिलगढी: आजदेखि लायन्स क्लब अफ सिलगढी प्राइडको पहलमा सिलगढीको एसएफ रोडस्थित हिन्दी हाई स्कुलको मैदानमा तीनदिने लायन्स ड्रिम प्रिमियर लिग शुरू भएको छ। यस प्रतियोगितामा सिलगढी शहरका मोठ ८ वटा टोलीले अंश ग्रहण गरेको छ। दीप प्रज्ज्वलन गरेर भाइस डिस्ट्रिक गभर्नर लायन्स सुरेश सिन्हल, ४ नम्बर बोरो चेयरम्यान जयन्त राय र अन्डर १६को रणजी खेलाडी अभनिस अग्रवालले टुर्नामेन्टको उद्घाटन गरे। यस अवसरमा लायन्स क्लब अफ सिलगढी प्राइडका सचिव तथा अध्यक्षले भने, मुख्यत खेलाडीहरूलाई एक सूत्रमा बाँध्ने उद्देश्यले उक्त टुर्नामेन्टको आयोजना गरिएको हो।