एसडीएफद्वारा दुईदिने सिक्किम बन्दको आह्वान

IMG_20230203_215152.jpg

गान्तोक: देशको सर्वोच्च न्यायालयले सिक्किमको छुटेका पुराना रैथानेहरूलाई आयकर छुटको मामिलामा सुनाएको एउटा फसेलामा सिक्किमे नेपालीलाई विदेशीको संज्ञा दिएकोले हाल सिक्किमको माहौल निक्कै गर्मिएको छ। यस मामिलाप्रति सिक्किमको सत्तारूढ एसकेएम सरकारले उचित पहल नचालेको भन्दै राज्यका स्वास्थ्य मन्त्री डा. एमके शर्माले आफ्नो पदबाट समेत राजीनामा दिएको घोषणा गरिसकेका छन्। यसै क्रममा सर्वोच्च न्यायालयले सिक्किमे नेपालीलाई विदेशीको संज्ञा दिएपछि यसको घोर प्रतिवाद जनाउँदै आज गान्तोकमा एसडीएफ पार्टीले एउटा विराट प्रतिवाद जुलूस निकाल्यो। उक्त भेलालाई सम्बोधन गर्दै एसडीएफ पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङले यस मामिलाको घोर प्रतिवाद जनाउँदै भोलि ४ फरवरी ५ फरवरीको दिन दुईदिने सिक्किम बन्दको आहवान गरेका छन्। यस बन्दलाई सिक्किमका सबै मानिसहरूले समर्थन जनाएर बन्द पालन गरिदिने पनि तिनले अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement