एमके शर्मा पहिला पनि एसकेएम सरकार ढाल्ने षड्यन्त्र गरेका थिएः खालिङ

phoy

गान्तोकः सिक्किम सरकारका स्वास्थ्य मन्त्री डा. एमके शर्माले मन्त्री पदबाट राजीनामा दिएपछि सिक्किममा हलचल नै मचिएको छ। उनले सुप्रिम कोर्टमा सिक्किमे नेपाली समुदाय विरूद्ध आएको निर्णयलाई कारण बताउँदै राजीनामा दिएका छन्‌। डा. शर्माले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई हिजो पठाएको राजीनामा पत्रमा सरकारमाथि सिक्किमेहरूको भावनालाई गम्भीरतासँग नलिएको आरोप लगाएका छन्‌। सत्तारूढ्‌ एसकेएम पार्टीले आज राजधानीमा पत्रकार सम्मेलन आयोजन गरेर डा. शर्माको राजीनामालाई सरकारले सहर्ष स्वीकार गरेको बताएको छ। अर्कोतिर, डा. शर्माले सुप्रिम कोर्टको निर्णयलाई कारण बताएर दिएको राजीनामालाई एसकेएमले उनको बहाना ठहर गरेको छ।

यस क्रममा रिनाक निर्वाचन क्षेत्रका विधायक तथा एसकेएम पार्टीका उपाध्यक्ष विष्णुकुमार खतिवडाले पूर्व मन्त्री डा. एमकै शर्माको दृष्टि एसकेएम सरकारमाथि पहिलेदेखि राम्रो थिएन भनी आरोप लगाएका छन्‌। डा. शर्माले उनलाई पैसाको लोभ देखाएर एसकेएम सरकार विरूद्ध भड्काउने पहिलै नै प्रयास गरिसकेको उनले आरोप ‘लगाए। उनले त्यस समय नै डा. शर्मा विरूद्ध कारबाही गरिनु पर्ने थियो, तर मुख्यमन्त्री को उदार हृदयका कारण उनलाई माफी दिएको थियो भनी जानकारी गराए। स्मरण रहोस्‌, डा. एमके शर्माले हिजो मन्त्री पदबाट राजीनामा दिएपछि सामाजिक सञ्जालहरूमा एउटा अडियो क्लिप भाइरल भएको छ। जसमा विधायक खतिवडालाई पैसाको प्रलोभन देखाएर एसकेएम सरकार विरूद्ध भड्काउने प्रयास गरिएको सन्न सकिन्छ। विधायक खतिवडाले आफुलाई बारम्बर फोन गरेर पैसाको प्रलोभन दिइएको र सरकार विरूद्ध भड्काउने काम गरिएको थियो भनी आरोप लगाए। त्यसपछि आफुले नै उक्त अडियो रेकर्ड गरेर मुख्यमन्ती समक्ष बुझाएको कुरा उनले सार्वजनिक गरे।

उनले सिक्किमै जनता अतालिने काम छैन भन्दै कसैले पनि दल-बल लगाएर सिक्किम सरकारलाई चलाउन सक्ने छैन भनी विश्वास दिलाए। उनले मुख्यमन्त्रीलाई पनि सबै विधायकहरू दह भएर बसेको बताउँदै सुर्ताउनु पर्ने काम नरहेको बताए।यसैगरी, एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङले डा. एमके शर्मामाथि वर्ष २०२० मा पनि अद्श्य रूपमा ‘एसकेएम सरकारलाई गैर कानूनी रूपमा सत्ताच्युत गर्ने प्रयास गरेको आरोप लगाए। उनले त्यस समय बाहिरका शक्तिहरू र भर्खरै सत्ताच्यूत भएको राजनीतिक पार्टीसँग मिलेर सरकार ढाल्ने षड्यन्त्र भएको थियो भने त्यस ‘षड्यन्त्रको प्रमुख व्यक्ति पनि डा. शर्मा नै रहको आरोप लगाए। त्यस समय पनि आफुहरूले उनलाई मन्त्री पदबाट हटाउनु पर्छ भन्ने माग राखेको, तर मुख्यमन्त्रीले एकपल्टको निम्ति माफी दिएका थिए भनी उनले बताए। डा. शर्माले सरकार लडाउने प्रयास गरेकोमा आफुहरू दुःखी नरहेको, तर वर्तमान समयमा सिक्किमे नेपालीमाथि आइलागेको सङ्कटको समयमा उनको यस्ती कदमप्रति आफुहरू दुःखी रहेको उनले बताए। खालिङले शर्मामाथि यो मुद्दामा गलत तरिकालै हेरी बन्ने प्रयास गरेको आरोप पनि लगाए। उनले राज्यवासीहरूलाई नसुर्ताउने आह्वान गर्दै एसकेएम सरकार अझ बलियो भएको र २०२४ मा पनि पक्कै सरकार गठन गर्ने दाबी गरे। एक प्रश्नको जवाफमा उनले डा. शर्मा विरूद्ध पार्टीलि आफ्न संविधान अनुरूप आवश्य कारबाही गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement