अलिपुरद्वार: जटेश्वर चौकीको प्रहरीले अवैध ढुङ्गा बोकेको ट्रकसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा जटेश्वर चौकी प्रहरीले शुक्रबार बिहान जटेश्वर बजार क्षेत्रमा ढुंगाले भरिएको ट्रकलाई रोकेर कागजपत्र नदेखाउने चालकलाई पक्राउ गरेको छ । प्रहरी स्रोतअनुसार आरोपीलाई अलिपुरद्वार अदालतमा पठाइएको छ। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।