सिलगढी: सिलगढीको माटिगारा थानाको पुलिसले लाखौँ रुपियाँको प्रतिबन्धित खोकी सिरपसहित दुइजनालाई पक्राउ गरेको छ। गोप्य स्रोतको आधारमा माटिगारा थानाको पुलिसले सिलगढीको परिवहन नगरमा छापा मारेको हो। सुरज थापा र मोहम्मद ताजिउल नामका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित सिरप बरामद भएको छ प्रहरीले बरामद गरेको प्रतिबन्धित कफ सिरपको अनुमानित बजार मूल्य लगभग करोड रुपियाँ रहेको छ । दुवै युवाले कफ सिरप कहाँ बेच्ने गर्थे भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।