३ फरवरीः भाह तकभर बिर्खे धुरा कल्याण समिति, दार्जीलिङको तत्त्वावधानमा आयोजित भाह तकभर विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा जीबी सेभेन एफसीस-ले सेमिफाइनलमा स्थान बनायो। भाह तकभर खेल मैदानमा शुक्रवार भएको दोस्रो क्वार्टर फाइनलमा जीबी सेभेन एफसी-ले गुम्पा सेभेन एफसी-लाई ३-१-ले पराजित गऱ्यो। गुम्पा सेभेन एफसी-का निखिल राईलाई प्लेयर अव् द म्याच चयन गरियो।

यसरी नै आजका मुख्य अतिथि श्री द्वारिका टी स्टेटका हेड म्यानेजर रवि जगमोलालाई आयोजक समितिको तर्फबाट सम्बर्द्धना जनाइयो। टुर्नामेण्टको फाइनल १९ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।