३ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं सीजनमा जलपाइगढ़ी पुलिसले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार सुकना हाई स्कूल मैदानमा भएको ग्रुप बी-को म्याचमा जलपाइगढ़ी पुलिसले सुकना युनाइटेड फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रसनजीत रोयले ह्याट्रिक गरे। उनले म्याचको १७औं, ४२औं र ५६औं मिनटमा गोल गरे। विजेता टीमका प्रसनजीत रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा मुख्य अतिथिको रूपमा सुकना हायर सेकेण्डरी स्कूलकी प्रधान अध्यापिका छिरिंग दाहाल उपस्थित थिइन्। यसबाहेक अतिथिको रूपमा एडभोकेट सन्तोष प्रसाद अनि युनाइटेड खरसाङ फूटबल क्लबका पदाधिकारीवर्गको उपस्थिति रहेको थियो। शनिवार खेलिने म्याचमा दार्जीलिङ पुलिस र खरसाङको मिक्स्ड अप् बोइजबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५ फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।