तीनधारेमा फेरि शुरु क्रिकेट टुर्नामेन्टमा डाईनामिक बोइस र महानदी बिजयी

IMG-20230203-WA0104.jpg

तीनधारे: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा १५ ओभरको क्रिकेट टुर्नामेन्ट फेरि शुरु भएको छ। मामु ईलेभेन तीनधारेको आयोजनामा भईहेको उक्त क्रिकेट टुर्नामेन्टको पहिलो खेल तीनधारे पुलिस आउट पोष्ट र डाईनामिक बोइसमाझ सम्पन्न भएको थियो। उक्त खेलमा डाइनामिक बोइसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए। टस हारेर पहिला व्याटिङ गर्दै आउट पोष्ट तीनधारेले १२ ओभर सबै विकेट गुमाएर केवल ५१ रन मात्र बनाउन सकेको थियो। ५२ रनको लक्ष्यलाई खेदो गर्दै डाईनामिक बोइसले १० ओभरमा ८ विकेट गुमाएर लक्ष्यलाई हाँसिल गरेका थिए। यस खेलमा डाईनामिक बोइसको तर्फबाट महेश सुनवारले सर्वाधिक विकेट लिएका थिए। त्यसरी नै अर्को खेल महानदी एच ११ र घैयाबारी युनाईटेडमाझ सम्पन्न भएको थियो। यस खेलमा घैयाबारीले टस जितेर पहिला व्याटिङ गर्दै १५ ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाएको थियो। ९७ रनको लक्ष्यलाई महानदीले ९ ओभरको पहिलो बलमा नै सजिलै हाँसिल गरेर खेल जितेका थिए। महानदीको पक्षमा अभिषेक छेत्रीले सर्वाधिक १५ बलमा ३७ रन बनाएका थिए।

About Author

Advertisement