सभासद परेश तिर्कीको पहलमा अनुसूचित जनजातिको मानिसहरूलाई बिरूवाहरू वितरण

CollageMaker_20232318947624.jpg

दार्जिलिङ: सभासद परेश तिर्कीको निर्देशन तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय अध्यक्ष अमृत योञ्जनको विशेष उपस्थितिमा आज तकभर लेप्चा बस्तीमा अनुसूचित जाति जनजातिको परिवारहरूलाई सुन्तलाको बिरुवाहरू वितरण गरिएको छ।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन डब्ल्युबीएससीएसटी एण्ड ओबीसी डेभलोपमेन्ट एण्ड फाईनेन्स को-रपोरेशन जीटीए, दार्जिलिङको तत्वाधानमा वितरण गरिएको सुन्तलाको विरुवा ५० वटा गरेर लाभार्थीहरुले विरुवा प्राप्त गरेका छन्। बिरुवा कसरी रोप्न पर्ने अनि कसरी मल जल गरि दबाईहरु हाल्न पर्ने भन्ने विषयमा विभागीय अधिकारीगणले लाभार्थीहरुलाई जानकारी गराएका छन्। लाभार्थीको पक्षबाट रोशन तामाङ, रञ्जित तामाङ अनि धिराज तामाङले सभासद परेश तिर्की अनि युवा शक्ति अध्यक्ष अमृत योञ्जनलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement