एडवार्डसले भारतको मुख्य न्यायधिसलाई लेख्यो पत्र

IMG-20230203-WA0075.jpg

सिक्किमे नेपालीहरूलाई विदेशी भनेर सम्बोधन गर्दा हामी भारतीय नेपालीहरू आहत बनेका छौ

दार्जीलिङ: सर्वोच्च न्यायलयको निर्देशमाथि पूनः विचार एंव समीक्षा गरिनु पर्ने मांग गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले लेख्यो भारतको मुख्य न्यायधिसलाई पत्र। गत १३ जनवरी २०२३ को दिन सर्वोच्च न्यायलयले ऐसोसिएशन अफ ओल्ड सेटलर्स सिक्किमद्वारा दर्ता गरिएको याचिकामाथि सुनाई गर्ने क्रममा सिक्किमे नेपाली भाषीहरू माथि विदेशी भनेर सम्बोधन गरेका छन, जसले आफु लगायत भारतीय नेपाली भाषीहरू लाई ठूलो आघात पूगेको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफ्नो पत्रमा उल्लेख गरेका छन। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफ्नो पत्रमा २३ अगस्त १९८८ केन्द्रीय गृहमंत्रलयद्वारा जारी गरिएको अधिसूचनामा भारतको विभिन्न प्रान्तहरूमा बसो बासो गर्ने भारतीय नेपाली भाषीहरूलाई भारतीय नागरिक रहेको स्पष्ट पारेका छन। नेपाली भाषा भारतीय गोर्खाहरूको भाषा रहेको बताउँदै २० अगस्त १९९२ मा नेपाली भाषालाई भारतीय संविधानको आठौ अनुसूचिमा समाबेश गरिएको छ अनि नेपाली भाषामा सरकारी काम काज गर्न सक्ने प्रवाधान पनि दिएको छ।सन १९६१ मा पंश्चिम बंगालको विधानसभाले पनि नेपाली भाषालाई मान्यता प्रदान दिई सकेको छ। भारतीय नेपाली स्व. डम्बर सिंह गुरूङ स्व0 अरि बाहादुर गुरूङले सन १९४६ र १९४८ मा संविधानसभामा निर्वाचित भएर डाक्टर राजेन्द्र प्रसादको अध्यक्षतामा संविधानलाई तयार गर्ने कार्यमा सहयोग पूराएका थिए।अल्प संख्यक गोर्खाहरूको प्रतिनिधित्व गर्ने २० भन्दा धेर राजनैतिक दलहरूले भारतको निर्वाचन आयोग समक्ष आफ्नो दर्ता दिएर भारतीय राजनीतिमा हक र अधिकार प्राप्त गरी सकेको छ।प्रेम सिंह गोले एक भारतीय गोर्खा एंव नेपाली हुन अनि उनको जन्म भारतमा नै भएको हो अहिले उनी सिक्किमको मुख्यमंत्री निर्वाचित भएका छन। त्रिलोक कुमार देवान आईएएस अधिकारी भारतीय नेपाली एंव गोर्खा हुन। उनले आन्ध्र प्रदेश राज्यमा मुख्य सचिवको पदभार समालेका छन। भारतीय गोर्खा सैनिकहरूले आफ्नो प्राणको आहुति दिएर देशको सुरक्षा गर्दै आई रहेको छ अनि गोर्खाहरूको देश प्रेमको कदर गर्दै देशले ठूल्ठूला सेना मेडल एंव सम्मानहरू प्रदान गरी सकेको छ साथै आज पनि प्रदान गर्ने कार्य यथवत छ। सन १९०७ मा गोर्खाहरूले अलग प्रषासनिक ब्यवस्थाको मांग गरेका थिए।नेपाली भाषी गोर्खाहरू खाँटी भारतीय नागरिक हुन, यसमा कुनै संदेह छैन।सर्वोच्च न्यायलयको न्यायधिसद्वारा अन्जानमा हो अथवा कुनै भूल भ्रान्तिको कारणले हो भारतीय नेपाली भाषीहरूमाथि विदेशीको लान्छना लाग्ने काम भएको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफ्नो पत्रमा उल्लेख गरेको छ।हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले हाम्रो आफ्नो पत्रको प्रतिलिपि कानून मंत्रलय र कानून विभागीय सचिवलाई पनि पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement