जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

IMG-20230203-WA0036.jpg

अलिपुरद्वार: जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। घटना हिजो राति मदारीहाट ब्लकको उत्तर चेकामारी क्षेत्रमा भएको हो। सो क्षेत्रका देवेन्द्र भट्टराई हिजो राति घरको पछाडिको सुपारी बगैँचामा गएका बेला जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको आफन्तले बताए। मदारीहाट थानाको पुलिसले शव बरामद गरेको छ र शवलाई पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पताल पठाइएको छ। मदारीहाटमा हात्ती र मानिसबीच लगातार झगडा हुने गरेको छ। जङ्गली हात्तीको बारम्बार आक्रमणले यस क्षेत्रका बासिन्दा त्रासमा छन्। हात्तीको आक्रमणबाट मानिसको घर र खेतबारी भत्किरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement