खरीद एवं मार्केटिङबारे कार्यशाला

IMG-20230202-WA0135.jpg

गान्तोक: सरकारकारको वाणिज्य तथा उद्योग विभागले भारत सरकारको सहकार्यमा पर्यटन एवं नागरिक उड्डयन विभागको सम्मेलन कक्षमा खरीद तथा मार्केटिङ योजना अन्तर्गत २ दिने विक्रेता विकास कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रमको उद्देश्य सार्वजनिक खरिद नीतिलाई विस्तार गर्नु हो। विभागहरूअन्तर्गत वार्षिक लक्ष्य तय गर्दै लघु तथा साना उद्यमहरूलाई उनीहरूद्वारा प्रदान गरिएका उत्पादन तथा सेवाहरूको मार्केटिङमा सहयोग गरी प्रवर्द्धन र विकास गर्ने लक्ष्य राखेको छ। राज्य सरकारका विभागहरू, केन्द्र सरकारका कार्यालयहरू, सार्वजनिक क्षेत्र उद्यमहरू र उद्यमीहरूका प्रतिनिधिहरु उपस्थित थिए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वाणिज्य तथा उद्योग विभागका अध्यक्ष मनबहादुर क्षेत्रीले गरे। उनले स्थानीय युवालाई रोजगारीमा नभई उद्यमशीलतातर्फ लाग्न प्रोत्साहित गर्दै सरकारले दिने सुविधाको फाइदा लिन व्यवसायीलाई आग्रह गरे। वाणिज्य र उद्योगीय सचिव कर्मा आर बोन्पोले स्थानीय उद्यमीहरूले कसरी क्लस्टर विकास योजनाहरूमा राज्य र केन्द्र सरकारका योजनाहरूको फाइदा लिन सक्छ भन्ने बारेमा बताए। प्राविधिक सत्रमा श्री. विश्वजित सरकारले पोर्टलमा स्थानीयको लाभबारे बताए। खरीद विधिहरूको बारेमा जनाउँदै सरकारबीचको सम्बन्धबारे उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement