नामथाङमा पारम्परिक कृषिबारे प्रशिक्षण

IMG-20230202-WA0136.jpg

गान्तोक: स्केलिङ अफ नेचुरल फार्मिङ विषयमाथि नामथाङमा कृषि विकास केन्द्रले आजदेखि प्राविधिक सप्ताह सुरु गरेको छ। प्राविधिक सप्ताहको उद्घाटनको दिन जिल्ला पञ्चायत उपाध्यक्ष बिकास तामाङ मुख्य अतिथि र विशेष अतिथिको रुपमा कृषि विभागका सचिव जिग्मे दोर्जी भोटिया थिए। कार्यक्रममा उपस्थित जिला पञ्चायत नागी करेक इन्द्र कार्की, जिला पञ्चायत बिकमत रातेपानी अनिल शंकर र जिला पञ्चायत पर्बिंग मिङ्मा डेन्डुप शेर्पाको सहभागिता रहेको थियो। कार्यक्रमको शुरुवातमा केभीके फार्ममा विभिन्न प्रदर्शन इकाईहरूमा विशिष्ट व्यक्तिहरूको भ्रमण गरिएको थियो र त्यसपछि एएच एन्ड भीएस नामथाङ विभाग, माटो परीक्षण प्रयोगशाला नामथाङ, चुबाको बुनकरहरू, नामथाङ बाँसको प्रदर्शनी र प्रविधि प्रदर्शनी स्टलहरूको उद्घाटन गरियो। प्रदर्शनी स्टलको औपचारिक उद्घाटनपछि वरिष्ठ वैज्ञानिक एलपी शिवाकोटीले कार्यक्रमको उदेश्यबारे बताए। केन्द्रका गतिविधिबारे पनि प्रकाश पारेका थिए।

प्राकृतिक खेतीको प्रवर्द्धन र जागरूकताको लागी एक सत्र आयोजित गरिएको थियो जसमा प्राकृतिक खेती उत्पादन प्रणालीबारे जानकारी गराएका थिए। साथै कृषकमा विभिन्न योजनाका बारेमा चेतना जगाउनका लागि लाइन विभागले कृषि विभागको योजनाहरुबारे प्रकास पारेका थिए। कार्यक्रमका प्रमुख अतिथि विकास तामाङले अहिलेसम्म हासिल गरेका उपलब्धिलाई कृषकका प्रेरणाका रूपमा लिएको उल्लेख गरे। कृषि विभागका सचिव भोटियाले नाम्ची जिल्लाको कृषक समुदायमा योगदानको प्रशंसा गर्दै राज्यको लागि प्राकृतिक खेतीको महत्त्वमा जोड दिए।

About Author

Advertisement