हावड़ा: हावड़ा सुधार गृहमा एक विचाराधिन कैदको अप्रत्याशित मृत्यु भएको छ। सुधार गृहमा यसरी बन्दीको मृत्यु भएकोमा जेल प्रशासनमाथि प्रश्न खड़ा भएको छ। जबकि सुधार गृहका अधिकारीहरू एवं पुलिसले विचाराधिन बन्दीको मृत्यु बिमारीको कारणले भएको दाबी गरिरहेको छन। मृतकको नाम शेख निजामुद्दीन (४२) हो। जेल प्रशासनले उसलाई हावड़ा जिल्ला अस्पतालमा पुऱ्याएको थियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिएका थिए।यस मामिलालाई लिएर मेजिस्ट्रेट स्तरबाट जाँच आरम्भ गरिएको छ। जेल हिरासतमा मृत्युको मामिला भएकोले यो निर्णय लिइएको हो। सम्भवतः बिहीवार मेजिस्ट्रेटको उपस्थितिमा शवको पोस्टमर्टमको भिडीयोग्राफी गरिनेछ।बन्दीको मृत्युको सम्बन्धमा हावड़ा सदर सब- डिभीजनल मेजिस्ट्रेट तरूण भट्टराईले बताए, मलाई सुधार गृहमा एक बन्दीको मृत्यु भएको सूचना प्राप्त भएको छ। घटनाको मेजिस्ट्रेट स्तरको जाँच शुरू गरिएको छ। बन्दीको मृत्यु कसरी भयो त्यसको जाँच गरिँदैछ। अर्कोतिर पुलिस सूत्र अनुसार मृतक बन्दी डोमजुर थाना अन्तर्गत बाँकड़ा निवासी थिए भने उसलाई लुटपाटको मामिलामा डोमजुर थाना पुलिसले एक महिनाअघि नै पक्राउ गरेको थियो। न्यायालयको आदेश मुताविक आरोपीलाई न्यायिक हिरासतमा पठाइएको थियो। हावड़ा सुधार गृहको सूत्र अनुसार बन्दीका परिजन मंगलवार उसलाई भेट्न आएका थिए उ केही दिनदेखिको श्वास सम्बन्धि रोगले पिड़ीत थियो। बुधवार बिहान स्वास्थ्य बिग्रिएको र मृत्युको सूचना प्राप्त भयो। तर प्रशासनले मृत्युका सही कारणहरूको जाँच गरिरहेको छ।