तीनधारे: आउँदो महिना ४ जुलाईको दिन तीनधारे गोलाई पाखास्थित यस क्षेत्रको सबैभन्दा पुरानो सामाजिक संस्था मित्र संघको तत्त्वधानमा मित्र संघ सामुदायिक भवनमा पाद्री गंगा प्रसाद प्रधानको १७१औं जन्म जयन्ती धुमधामले मनाईने भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षाविद श्रीमती मार्था रानी राई रहने छिन्l स्रोत वक्ताहरुको रुपमा समाजसेवी तथा कवि दिपक प्रधान अनि साहित्यकार युवराज सुन्दास रहने छन् साथै कार्यक्रममा कविता वाचन, आवृत्ति साथै सांगीतिक कायॅक्रम पनि हुने भनी कार्यक्रमका मिडिया प्राभारी सुवास चन्द्र राई (सुवास बान्तवा) ले जानकारी दिए।