१६ वर्षपछि वाराणसी श्रृङ्खलाबद्ध विस्फोटको फैसला, आतंकवादी वलीउल्लाहलाई मृत्युदण्ड

Varanasi-Blast-Punishment

वाराणसी: गाजियाबाद जिल्ला र सत्र अदालतले उत्तर प्रदेशको वाराणसीमा १६ वर्षअघि भएको श्रृङ्खलाबद्ध विस्फोटमा आतंकवादी वलीउल्लाह खानलाई मृत्युदण्डको सजाय सुनाएको छ। यसबाहेक अर्को मुद्दामा वलीउल्लाहलाई जन्मकैदको सजाय सुनाइएको छ। सन् २००६ मा वाराणसीमा भएको शृङ्खलाबद्ध विस्फोटमा २० जनाभन्दा बढीको ज्यान गएको थियो भने सयभन्दा बढी घाइते भएका थिए। गाजियाबाद जिल्ला सत्र न्यायाधीश जितेन्द्र कुमार सिन्हाले वलीउल्लाह खानलाई भारतीय दण्ड संहिताको विभिन्न धाराहरू अन्तर्गत दर्ता भएका दुई मुद्दामा सजायको घोषणा गरेका छन्।

About Author

Advertisement