मंग्पू: सोमबार लाब्दा-मंग्पू समष्टिअन्तर्गत बिचकमान कम्युनिटी हलमा भागोप्रमोको समष्टि सभापति गगनराईको अध्यक्षतामा समर्थन कार्यक्रम गरियोl उक्त समर्थन कार्यक्रममा पार्टीका अध्यक्ष अनित थापा, समष्टिका उम्मेद्वार भूपू सभासद रतन कुमार थापालगायत सबै भ्रातृ संगठनका कार्यकर्ताहरु उपस्थित थिएl कार्यक्रम महकुमा समितिका प्रवक्ता बिसोर कार्कीद्वारा संचालन गरिएको थियोl समर्थन गर्ने क्रममा मंग्पू-लाब्दा समष्टि गोजमुमो साथै टीएमसीका अघिल्लो पंक्तिका नेतृत्वलगायत धेरै घरले भागोप्रमोमा समर्थन जनाउँदै सामेल भएका छन्l सम्बोधनको क्रममा स्वागत समभासन समष्टि सचिव अनिल छेत्रीले गरे, गोजमुमो संगठनबाट प्रेम शेर्पा, रतन लामाले सम्बोधन राखेl टीएमसीबाट पवल प्रधानले वक्तव्य प्रस्तुत गरेl सम्बोधनको क्रममा भागोप्रमो अध्यक्ष अनित थापा र उमेद्वार रतन थापाले सम्बोधन गरेl