कारगिल एनजीओ र नेताजी हाई स्कूलद्वारा संयुक्त रुपमा पर्यावरण दिवस पालन

Paryawaran-Diwas

खरसाङ: खरसाङ महकुमाअन्तर्गत घैयाबारीको नेताजी हाई स्कूल र कारगिल एनजीओको संयुक्त आयोजनामा आज विश्व पर्यावरण दिवस पालन गर्दै बिरुवा रोपनको कार्य सम्पन्न गरिएको छ। विशेष ५ जूनको दिन आइतबार परेको र सबै स्कूलहरू छुट्टी भएको कारणले गर्दा सोमबार ६ जूनको दिन विश्व पर्यावरण दिवस पालन गरिएको छ। यस अवसरमा घैयाबारीको नेताजी हाई स्कूलको प्रांगनदेखि विद्यार्थीहरूद्वारा पर्यावरण सचेतना विषयमा रैली निकालिएको थियो। विद्यार्थीहरूले हातमा पर्यावरण सचेतना विषयमा प्ला कार्डहरू बोकेर पर्यावरण संरक्षण र सचेतनाको सन्देश दिन्दै उक्त रैली घैयाबारीबाट एनएच ५५  हुँदै पगलाझोड़ा पुगेर समाप्त भएको छ। एनएच ५५ अन्तर्गत पगलाझोड़ाको पैह्रोमा गएर बिरुवाहरू रोप्ने कार्य गरिएको छ। बिरुवा रोपनको कार्य अघि नेताजी हाई स्कूलको सह शिक्षक दिनेश प्रधान र वन विभागबाट बिट अफिसर वाङदुप लेप्चाले वन संरक्षण र पर्यावरण संरक्षण विषयमा विद्यार्थी नानीहरूलाई जानकारी गराएका थिए। पगलाझोड़ाको पैह्रो क्षेत्रमा भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओको पदाधिकारीहरू लगायत नेताजी हाई स्कूलको विद्यार्थीहरू मिलेर वन विभाद्वारा प्रदान गरिएको लगभग ५० वटा जति बिरुवाहरू रोपेका छन्। यस विषयमा नेताजी हाई स्कूलको सह शिक्षक दिनेश प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै ५ जूनको दिन आईतबार परेर स्कूलहरू छुट्टी भएको कारणले आज सोमबारको दिन विद्यार्थी नानीहरूलाई लिएर पर्यावरण दिवससितै विरुवा रोपनको कार्य गरिएको बताएका छन्। यो कार्यक्रम नेताजी हाई स्कूल र घैयाबारीको भूतपूर्व सैनिकहरूको संगठन कारगिल एनजीओको संयुक्त आयोजनामा सम्पन्न गरिएको र उक्त कार्यक्रममा ५० वटा जति बिरुवाहरू पगलाझोड़ाको पैह्रो परिसरमा रोपिएको बताएका छन्। उनले यस पैह्रो क्षेत्रमा माटोको क्षय रोक्नलाई रोपिएको अनि बिरुवाहरूको हेरचाह र संरक्षणको लागि नेताजी हाई स्कूल र कारगिल एनजीओको तर्फबाट वन विभागलाई सम्पर्क गरी गरिने बताए। उनले आजको कार्यक्रममा बिरुवाहरू वन विभाग महानदीको ढुंगे कोठीबाट प्राप्त भएकोले आभार प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *