दुईदिने डे-नाइट किशालय प्रीमियर लीग (सीजन ३) ११ फरवरीदेखि

IMG-20230201-WA0003.jpg

१ फरवरीः गत वर्ष दोस्रो सीजनको व्यापक सफलतापछि किशालय संघ, सिलगढ़ीको तत्त्वावधानमा किशालय प्रीमियर लीग (केपीएल)-को तेस्रो सीजन ११ र १२ फरवरीमा आयोजन गरिनेछ। यस डे-नाइट दुईदिने क्रिकेट टुर्नामेण्टको निम्ति जम्मा १६ वटा टीमलाई प्रवेश दिइनेछ अनि प्रत्येक म्याच ८-८ ओभरको हुनेछ। च्याम्पियन हुने टीमको निम्ति अभिजीत रोय चौधरी स्मृति विनर्स रनिंग ट्रफीको साथमा दीपक सरकार स्मृति विनर्स च्यालेञ्ज ट्रफी रहनेछ। यसरी नै रनरअप् हुने टीमको निम्ति नृपेन्द्रनाथ गुहा नेओगी स्मृति रनर्स रनिंग ट्रफी र मदन भद्र स्मृति रनर्स च्यालेञ्ज ट्रफी रहनेछ। यसको साथमा टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ५० हजार र उपविजेता हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। य़सको साथमा एकाधिक आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ५ हजार रुपियाँ तोकिएको छ। म्याचहरू किशालय संघ ग्राउण्ड, सिलगढ़ी जंक्शनमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *