अष्ट्रेलियाई टीमसँग भारत आउन सकेनन् उस्मान ख्वाजा

IMG-20230201-WA0001.jpg

१ फरवरीः अष्ट्रेलियाका ओपनिंग ब्याटर उस्मान ख्वाजा भीजा विलम्बले गर्दा बुधवार आफ्ना साथी क्रिकेटरहरूसँग भारत प्रस्थान गर्न सकेनन्। अष्ट्रेलियाई टीमले ख्वाजा बिना नै चारवटा टेस्ट म्याचको बहुप्रतीक्षित सीरीज खेल्न भारत प्रस्थान गऱ्यो। ख्वाजा बिहीवार भारत आइपुग्ने सम्भावना रहेको छ। उनले सोशल मीडियामा मीम पोस्ट गर्दै लेखेका छन्, म आफ्नो भारतीय भीजाको प्रतीक्षा गरिरहेको छु। पाकिस्तानमा जन्मिएका ख्वाजाले अष्ट्रेलियाको तर्फबाट ५६ वटा टेस्ट, ४० वटा वनडे र नौवटा टी२०आई म्याच खेलेका छन्।
यस ३६ वर्षीय ब्याटरले २०१६-मा आईपीएलमा पनि हिस्सा लिएका थिए। ख्वाजालाई सोमवार अष्ट्रेलियाई क्रिकेटको पुरस्कार समारोहमा सालका सर्वश्रेष्ठ टेस्ट खेलाड़ी चयन गरिएको थियो। यस पुरस्कारलाई महान लेग स्पिनर शेन वार्नको नाममा राखिएको छ। अष्ट्रेलियाई टीमले बेंगलुरुको बाहिरी हिस्सामा चारदिने अभ्यास सत्रमा हिस्सा लिनेछ। त्यसपछि ९ फरवरीदेखि शुरु हुने पहिलो टेस्ट म्याचको निम्ति नागपुर प्रस्थान गर्नेछ। सीरीजका अन्य तीनवटा टेस्ट म्याच दिल्ली, धर्मशाला र अहमदाबादमा खेलिनेछ। दुवै टीमले यस सीरीजको माध्यमले वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलमा स्थान सुरक्षित गर्ने प्रयास गर्नेछ।

About Author

Advertisement