चलचित्र ‘जनहित में जारी’ टिकट केवल १०० रुपियाँ मात्र

Janhit-Mein-Jaari-1

नयाँ दिल्ली: हिन्दी फिल्म बनाउने निर्माताहरूले सम्भवतः बक्स अफिसमा सफलताको नयाँ मन्त्र फेला पारेका छन्। यो मन्त्र नयाँ होइन, तर बक्स अफिसमा दर्शकको वर्चस्वको नयाँ संकेत हो। कार्तिक आर्यनको ‘भूल भुलैया २’ सँगको टी–सिरिजले हरेक ठूला फिल्मअघि सिनेमा टिकटको मूल्य ह्वात्तै बढाउने चलनलाई रोकेको छ। टी–सिरिजबाट छुट्टिएर आफ्नै स्टुडियो खोलेका निर्माता विनोद भानुशालीले अब एक कदम अगाडि बढ्ने निर्णय गरेका छन्। उनको स्टुडियोमा डेब्यु फिल्म ‘जनहित में जारी’ को टिकट पहिलो दिन मात्र १०० रुपियाँ राखिएको छ। विनोदका अनुसार चलचित्रलाई अधिकतम दर्शकमाझ पुर्‍याउने उद्देश्यले आजको लागि आवश्यक पर्ने सहि कुरालाई मनोरञ्जनात्मक ढङ्गले जनतासम्म पुर्याउन सकोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement