किस्मत तामाङकाे पक्षमा गाँउले सभा

मिरिक। मिरिक थर्बु डुप्टिन समष्टिबाट माकपा प्रार्थी किस्मत तामाङकाे पक्षमा थर्बु नन्दलाल गाउँ सार्वजनिक भवनमा गाँउले सभा भयाे। सभामा गाँउकै माकपा प्रार्थी किस्मत तामाङले चुनाउ मैदानमा उत्रीएकाे कारणहरूबारे विस्तृत जानकारी गराँउदै गाँउबासीलाई आफ्नाे पक्षमा मतदान गरिदिने अनुराेध गरे। सभामा उपस्थित गाँउका मानिसहरूले पनि गाँउकाे छाेराे किस्मत तामाङकाे पक्षमा मतदान गरेर विजय बनाँउने प्रतिबद्धता प्रकट गरे। सभामा उपस्थित गाँउका जेष्ठ नागरिकहरूले ग्रामीण अनि चियाकमान क्षेत्रबाट पनि जीटीए सभामा प्रतिनिधित्व गर्ने जीटीए सदस्य हुन अति आवश्यक रहेकाे बताँउदै थर्बु चियाकमानका एक श्रमिक किस्मत तामाङले चुनाउमा विजय बनेर आवश्य नै श्रमिकहरूकाे हितमा कार्य गर्नेछ भनी दाबी गरे। यस अवसरमा माकपा उम्मेदवार किस्मत तामाङले म नन्दलाल गाँउकाे छाेरा हाे अनि थर्बु चियाकमानका एक चिया श्रमिक पनि हाे भन्दै जीटीए चुनाउमा आफूलाई विजय गराँउन गाउँ अनि चियाकमानबासीलाई सक्रिय अघि आइदिने अनुराेध गरे।तिनले अन्य राजनैतिक दलहरूले उम्मेदवार केवल शहर क्षेत्रबाट दिए तर माकपाले गाँउबाट एउटा श्रमिकलाई चुनाउमा टिकट दिएकाे छ भन्दै चियाकमानकाे अभाव र समस्या साथै गाँउबस्तीका दुख पीडा मैले बुझेकाे छु। जसकाे समधान गर्ने मेराे पहिलाे प्राथमिकता हुनेछ भने।

About Author

Advertisement