दार्जीलिङ: हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डसको स्वच्छ सोच र विचारलाई मन पराउदै तृणमूल कङ्ग्रेसको ५० परिवारहरूले हाम्रो पार्टी-को झण्डा समाए। हाम्रो पार्टीको सङ्गठनिक सभा सुरज तामाङको अध्यक्षतामा सम्पन्न भयो। आयोजित सभामा पार्टी केन्द्रीय अध्यक्ष एंव घूम जोरबंगला समष्टिको पार्टी उम्मेद्वार प्रमोस्कर ब्लोन विशेष रूपमा उपस्थित रहेका थिए। सभामा लोवर तुङसुङ्ग ५० भन्दा धेर परिवारहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डसको स्वच्छ सोच र विचारलाई आत्मासात गर्दै हाम्रो पार्टीमा सामेल हुने इच्छ गरेकोले पार्टीले उनीहरूलाई न्यानो स्वागत जनाए। तृणमूल कङ्ग्रेसबाट हाम्रो पार्टीमा सामेल हुने समर्थकहरूले हाम्रो पार्टीको भिजन विश्वास योग्य रहेको बताए। समर्थकहरूले अझभने हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्डसको सोच र विचार अति नै राम्रो रहेको साथै उनको सोच केवल सोच मात्र नभएर कार्य रूपमा परिणत गर्दै आएको पनि बताए। हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डसको स्वच्छ सोच र विचारहरूदेखि आफुहरू प्रवाहित भएर आजदेखि आफुहरूले तन मन सव थोकले हाम्रो पार्टीको भएर बस्ने साथै पार्टीको दिशा निर्देशलाई पालन गर्ने संकल्प लिए। पार्टी कोअर्डिनेटर सुरज तामाङ र पार्टी केन्द्रीय उपाध्यक्ष एंव पार्टी उम्मेद्वार प्रमोस्कर ब्लोनले समर्थकहरूलाई पार्टीमा स्वागत जनाउदै हाम्रो पार्टीको झण्डा सुम्पिए।