युनाईटेड ब्रदर कालेबुङ बन्यो दशौं शहीद गोल्ड कपको च्याम्पियन

खरसाङ: युनाईटेड ब्रदर कालेबुङ दशौं शहीद गोल्ड कपको च्याम्पियन बनेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा सम्पन्न १०औं शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको फाइनल खेल युनाईटेड ब्रदर कालेबुङ र रोयल एफसी सिलगढीमाझ सम्पन्न भएको छ। यस फाइनल खेल शुरु भएको १३औं मिनटमा नै रोयल एफसीको जर्सी नम्बर ९० राजेस सिंगाले गोल गरेर बढ़त बनाएको थियो। तर यो बढ़त लामो समयसम्म रहेन अनि खेलको २०औं मिनटमा युनाईटेड ब्रदर कालेबुङको पक्षमा जर्सी नम्बर ६ सुजित सिंहले गोल गरेर बराबरीमा ल्याएका थिए। यसको लगत्तै खेलको ४२औं मिनटमा कालेबुङको पक्षबाट जर्सी नम्बर ७ प्रवीण सु्ब्बाले गोल गरेर २-१ को बढ़त बनाएका थिए भने फेरि पनि खेलको ४८औं मिनटमा कालेबुङकै पक्षमा जर्सी नम्बर २ इलाले पेनल्टीमा गोल गरेर खेल ३-१ को बढ़तमा ल्याएका थिए। यसरी पहिलो हाफको खेल ३-१ को अन्तरमा समाप्त भएको थियो।

खेलको दोस्रो हाफको २५औं मिनटमा रोयल एफसीको तर्फबाट जर्सी नम्बर ६ विक्की थापाले गोल गरेका थिए। रोयल एफसीको तर्फबाट खेलको अन्तिम समयसम्म प्रयास गरेर पनि गोल गरेर खेल बराबरीमा ल्याउन सकेन अनि फाइनल खेल युनाईटेड ब्रदर कालेबुङले खेल ३-२ को अन्तरले जितेर १०औं शहीद गोल्ड कपको च्याम्पियन बनेको छ। गत वर्ष पनि युनाईटेड ब्रदर कालेबुङ नै च्याम्पियन बनेका थिए। दशौं शहीद गोल्ड कप फुटबल टुर्नामेन्टमा बेस्ट गोल किपरको अवार्ड युनाईटेड ब्रदर कालेबुङको गोलकिपर निगम सिंहले प्राप्त गरेका छन् भने यसै टिमको जर्सी नम्बर १० एंव १७ वर्षीय खेलाड़ी लाक्पा तामाङ म्यान अफ् द म्याच चयन भएका छन्। त्यसरी नै म्यान अफ् द सिरिज रोयल एफसीको जर्सी नम्बर १० करण राई चयन भएका छन् भने टुर्नामेन्टभरि सर्वाधिक गोलदाताको रूपमा कालेबुङ पुलिसको जर्सी नम्बर १० अनिमेस गुरुङले अवार्ड प्राप्त गरेका छन्। यस टुर्नामेन्टमा मस्ट प्रमिसिङ टिमको अवार्ड युनाइटेड दिलाराम एफसीले प्राप्त गरेका छन्। यस फाइनल खेलमा विशिष्ट अतिथिको रूपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, जीटीएको युवा अनि खेलकूद मामिला विभागको एमओडी सभासद नवराज छेत्री, सभासदहरू श्याम शेर्पा, प्रणाम रसाईली, खरसाङ पुलिस थानाका आईसी नबेन्दु सरकार, नारी शक्ति केन्द्रीय सभापति अनु प्रधान, भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसान ट्राफिक ओसी दोर्जे शेर्पा, भक्तिमान तामाङ, आरबी लामा, पोमेन्द्र गुरुङ खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको मुख्य संरक्षक एसबी सुनवार, सभापति मोहन योञ्जन आदि उपस्थित रहेका थिए। दशौं शहीद गोल्ड कपमा बिजेतालाई ट्रफीसहित एक लाख पचास हजार अनि उप विजेतालाई ट्रफीसहित नगदराशि एक लाख प्रदान गरिएको थियो। गत १७ जनवरीदेखि खरसाङको चानमारी खेल मैदानमा भईरहेको दशौं शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको फाइनल खेल अाज सम्पन्न भएको थियो।

यस फाइनल खेलल सूचना सांस्कृतिक विभाग खरसाङका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए भने मुख्य आकर्षणको रूपमा गत केही दिन अघि दिल्लीमा भएको प्रतियोगितामा प्रथम भएका मिरिकको थर्बु उच्चत्तर माध्यमिक विद्यालयको पाइप व्याण्डले पनि आफ्नो प्रस्तुति दिएका थिए। दिल्लीमादशौं शहीद गोल्ड कप फाइनल विषयमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement