भूमि विवादबीच जमिनको रेकर्ड लिएर मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् अमर्त्य सेनको घर

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी अर्थशास्त्री साथै नोबेल पुरस्कार विजेता अमर्त्य सेनको घरमा पुगिन्। त्यहाँ उनले अमर्त्य सेनलाई जेड प्लस सुरक्षा दिने बताइन्। अमर्त्य सेनको घरबाहिर पुलिस क्याम्प रहनेछ। मुख्यमन्त्रीले अमर्त्य सेनलाई भनिन्, ‘बङ्गालमा कोही पनि तपाईसँगको भएको व्यवहारबाट खुशी छैनन्l’ मुख्यमन्त्रीले जमिनको असली कागजात लिएर आएको बताइन्। विश्व भारती विश्वविद्यालयले गत हप्ता तीन दिन भित्र अमर्त्य सेनलाई दुईवटा पत्र पठाएर शान्तिनिकेतन क्याम्पसमा अनधिकृत रूपमा कब्जा गरेको कथित ०.१३ एकड जग्गा तत्काल हस्तान्तरण गर्न आग्रह गरेको थियो। आइतबारको कथनले सेनसँग १.३८ एकड जमिनको स्वामित्व रहेको दाबी गरेको छ, जुन उनको १.२५ एकडको कानुनी हकभन्दा बढी थियो। बयानमा भनिएको छ, ‘हामीले उनीसिअत अतिरिक्त भूमि सुम्पिने अनुरोध गरेका छौं अनि उनलाई आफ्नो सर्वेक्षक/अधिवक्ताको उपस्थितिमा एक संयुक्त सर्वेक्षणको अवसर पनि दिइएको छl’ यसैबीच जमिनको रेकर्ड लिएर मुख्यमन्त्री ममता ब्यानर्जी उनको घरमा पुगिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement