अलिपुरद्वार: कालचिनी ब्लकको जयगाउँ बस स्ट्यान्डमा सोमबार बिहान शव फेला परेपछि क्षेत्रमा सनसनी फैलियो। बिहान बस टर्मिनसका कर्मचारी कामका लागि पुग्दा बस टर्मिनसमा एक व्यक्तिको शव लडिरहेको देखे। उनले यसबारे जयगाउँ प्रहरी चौकीलाई जानकारी दिए। प्रहरीले घटनास्थल पुगेर शव बरामद गरेको छ। यस विषयमा अनुसन्धान सुरु भएको छ।









