महात्मा गान्धीको पुण्यतिथिमा प्रधानमन्त्री मोदीद्वारा श्रद्धाञ्जली अर्पण

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले महात्मा गान्धीलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरेl महात्मा गान्धीको महान विचारहरूलाई उनले सम्झिए। प्रधानमन्त्री मोदीले राष्ट्रको सेवामा आफ्नो जीवन बलिदान दिने सबैलाई श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्रीले ट्विट गरेका छन्, ‘म बापुलाई उनको पुण्यतिथिमा नमन गर्दछु र उनका महान विचारहरूलाई सम्झन्छु। राष्ट्रको सेवामा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। उनीहरूको बलिदानलाई कहिल्यै भुल्न सकिँदैन र उनीहरूको बलिदानले विकसित भारतको लागि काम गर्ने हाम्रो संकल्पलाई सधैं बलियो बनाउनेछl’ -पीआईबी

About Author

Advertisement