निर्दलीय उम्मेद्वार साम्देनले समाए हाम्रो पार्टीको झण्डा

IMG-20220605-WA0152.jpg

दार्जीलिङ: पहाडमा हाम्रो पार्टीले मात्र जनताको राज ल्याउन सक्छ भन्दै निर्दलीय उम्मेद्वार सामदेन लामा चुनावी मैदानबाट हटिन्दै हाम्रो पार्टीको झण्डा समाए। आगमी २६ जूनको हुन गइरहेको जीटीए सभाको चुनावमा तकदाह टिष्टा भ्याली समष्टिबाट सामदेन लामाले निर्दलीय उम्मेद्वारको रूपमा पर्चा दर्ता गरेका छन्। पहाडलाई भष्ट्रचार मुक्त बनाउने अनि जनताको राज ल्याउने ठूलो सपना बोकेर उनी जीटीए सभाको चुनावमा एक निर्दलीय उम्मेद्वारको रूपमा पर्चा भरेका थिए तर उनी एक्लो सिङगो ब्यक्तिले पहाडलाई भष्ट्रचार मुक्त बनाउन साथै जनताको राज ल्याउन असम्भाव रहेको सत्यतालाई बुझेर तिनले निर्दलीय उम्मेद्वारको पर्चा फिर्ता लिने वचन सङ्कल्प लिँदै आज हाम्रो पार्टीको झण्डा समाए। तकदाह टिष्टा भ्याली समष्टिको हाम्रो पार्टीको नेतृत्वहरूले सामदेन लामालाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिए। हाम्रो पार्टीको झण्डा समाएपछि निर्दलीय उम्मेद्वार सामदेन लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै हाम्रो पार्टीले मात्र पहाडलाई भष्ट्रचार मुक्त बनाउन अनि जनताको राज ल्याउन सक्छ भन्ने सत्यतालाई आफुले बुझेको तिनले बताए। तिनले अझ भने, आफु एक शिक्षक पेशामा कार्यरत रहेको हुनाले समाजलाई आफुहरूले जहिले पनि राम्रो मार्ग देखाउने कामहरू मात्र गर्दै आइरहेको लामाले बताए। पहाड अहिले भष्ट्रचारको अखडा भएको देख्दा आफुले पहाडलाई भष्ट्रचार मुक्त बनाउने साथै जनताको राज ल्याउने ठूलो सपना देखेर आफु जीटीए सभाको चुनावमा ओर्लिएको हो भन्ने बताए तर जून दिन आफुले जीटीए चुनावको निम्ति नामकंन पत्र दर्ता गरेका थिए, त्यसै दिनदेखि पहाडलाई भष्ट्रचार मुक्त बनाउन साथै जनताको राज ल्याउन असम्भाव रहेको बुझेको लामाले बताए। तिनले अघि भने पहाडलाई भष्ट्रचार मुक्त गर्न साथै पहाडमा जनताको राज केवल हाम्रो पार्टीले मात्र ल्याउन सक्ने सत्यता आफुले बुझेर आफु हाम्रो पार्टीमा सामेल भएको हो भन्ने लामाले बताए। आफ्नो सोच र हाम्रो पार्टीको सोच एउटै रहेको हुनाले आफु हाम्रो पार्टीमा सामेल भएको हो भन्ने लामाले दोहोराए। तिनले अझ भने आजसम्म आफु कुनै पनि राजनैतिक दलसँग नरहेको पनि लामाले बताउँदै पहाडलाई भष्ट्रचार मुक्त बनाउन अनि जनताको राज ल्याउन आफु हाम्रो पार्टीमा सामेल भएको हो भन्ने सामदेन लामाले पूनः दोहोराए। सामदेन लामाले आफ्नो नामाङ्कन पत्र भोली सोमबार फिर्ता लिने भएको छ। त्यसरी नै सामदेन लामाले हाम्रो पार्टीको उम्मेद्वारहरूको पक्षमा चुनावी प्रचार प्रसारमा पनि अंशग्रहण गर्ने भएको छ।

About Author

Advertisement