एसकेएमले सिक्किमे नेपालीहरूलाई विदेशी भनिएकोमा ऱ्याली निकाल्ने

गान्तोक: गत १३ जनवरी २०२३ मा सुप्रीम कोर्टले आयकर छुट मामिलामा सुनाएको फसेलामा सिक्किमे नेपालीहरूलाई विदेशी भनिएको प्रसंगलाई लिएर सत्तारूढ़ एसकेएम पार्टीले सोमवार ऱ्याली निकाल्ने भएको छ। यस ऱ्याली राजधानीको बाईपासबाट शुरू भएर सिच्छेस्थित जिल्ला कार्यालय पुगेर समाप्त हुनेछ। आज एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङले जारी एक प्रेस विज्ञप्तिमा सिक्किमे नागरिकहरूलाई विदेशी भनिएको प्रसंगमा एसकेएम पार्टी अति संवेदनशील अनि गंभीर रहेको बताएका छन्। यस विषयमा सरकारले सुप्रीम कोर्टमा पुनर्विचार आवेदन गरेर कानूनी निकास निकाल्ने अनि सिक्किमे नेपालीहरू विदेशी होइनन्, आफ्नो माटोसँगै सबै सिक्किमे मूलवासीहरूसँग भारत देशमा गाभिएका खाँटी भारतीय नागरिक हुन् भनेर अदालतमा बताउने उनले जनाएका छन्।

उनले भोलि बिहान ११ बजी एसकेएम पार्टीको युवा शक्ति र नारी शक्तिको तर्फबाट गान्तोकको बाइपासदेखि सिच्छेस्थित जिल्ला कार्यालयसम्म ठूलो ऱ्याली निकालिने बताएका छन्। उनले यो ऱ्याली सुप्रीम कोर्टको आदेश पत्रमा सिक्किमे नेपालीहरूलाई विदेशी भनेर प्रत्यक्ष सम्बोधन गरिएकोमा गम्भीर सरोकार राख्दै सिक्किमे मूलका नेपालीहरू खाँटी भारतीय हुन् भनेर जनाउन निकालिने बताएका छन्। प्रवक्ता खालिङले न्यालीमा सिक्किमका लेप्चा, भोटिया, नेपाली, व्यापारी तथा सम्पूर्ण आम नागरिकहरूलाई सहभागी भइदिन आग्रह गरेका छन्।

About Author

Advertisement