२९ जनवरीः मार्च-अप्रेल २०२३-मा शुरु हुने महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-को शुरुवाती सीजनको निम्ति गुजरात जाइण्ट्सले अनुभवी मिताली राजलाई मेण्टर र सल्लाहकारको रूपमा टीममा सामेल गऱ्यो। अडानी स्पोर्ट्सलाइनले १२८९ करोड़ रुपियाँको उच्चतम बोली लगाएर डब्ल्यूपीएल-मा अहमदाबादको फ्रेञ्चाइजीलाई सञ्चालित गर्ने अधिकार जितेको थियो। फ्रेञ्चाइजीद्वारा जारी आधिकारिक बयानमा मितालीले टीममा मेण्टर र सल्लाहकारको रूपमा काम गर्नको साथै राज्यमा महिला क्रिकेटलाई प्रोत्साहित गर्ने अनि खेललाई जमीनी स्तरबाट विकसित गर्नमा सहायता गर्ने जानकारी दिइएको छ। भारतीय महिला क्रिकेट टीमकी पूर्व कप्तान मिताली अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने महिला क्रिकेटर हुन्। फ्रेञ्चाइजीद्वारा जारी आधिकारिक बयानमा भनिएको छ, महिला प्रीमियर लीगको उद्घाटन सत्र महिला क्रिकेटको निम्ति एउटा असाधारण कदम हो अनि अडानी समूहको भागीदारी खेलको निम्ति सकारात्मक पक्ष हो। महिला क्रिकेट लगातार बढ़िरहेको छ। क्रिकेटलाई पेशादार रूपमा अप्नाउनको निम्ति यसले युवा महिला खेलाड़ीहरूलाई निश्चित रूपले प्रेरित गर्नेछ।
मितालीले भारतको निम्ति ८९ वटा टी२० म्याच खेलेर ३७.५२-को औसतले २३६४ रन बनाइन्। यसमा १७ वटा अर्द्धशतक सामेल छ। उनले यस प्रारूपमा आफ्नो सन्न्यासको घोषणा गर्न अघि घरेलु मैदानमा ईंग्ल्याण्ड विरुद्ध २०१९-मा अन्तिमपल्ट भारतको निम्ति एउटा टी२० म्याच खेलेकी थिइन्। उनले जून २०२२-मा आफ्नो सन्न्यासको घोषणा गर्न अघि वनडे र टेस्ट मेण्टर र सल्लाहकारको रूपमा गुजरात जाइण्ट्समा सामेल भइन् मिताली राज खेल्न जारी राखिन्। मितालीले २००५ र २०१७-को महिला वनडे वर्ल्ड कपमा उपविजेता रहने भारतीय टीमको कप्तानी पनि गरेकी थिइन्। फ्रेञ्चाइजीले भनेको छ, मिताली राज युवा पीढ़ीको निम्ति आदर्श हुन्। हामी आफ्ना महिला क्रिकेट टीमलाई सल्लाह दिनको निम्ति यस्ता एकजना प्रेरणादायक एथलीटलाई पाएर खुशी छौं। यसरी नै अडानी एण्टरप्राइजेसका निदेशक प्रणव अडानीले भने, मिताली जस्ता अन्तर्राष्ट्रिय खेल हीरोको उपस्थितिले क्रिकेट मात्र नभएर अन्य खेलहरूमा पनि नयाँ प्रतिभाहरूलाई आकर्षित गर्ने अनि पेशादार खेल पारिस्थितिकी तन्त्रलाई बद्लिने हाम्रो सोच रहेको छ।










