मन्त्री गौतम देवको घोषणा सिलगढी जिल्ला अस्पताल अघिको फुटपाथ दखलमुक्त गरिने

सिलगढी: रोगी कल्याण समितिका चेयरम्यान गौतम देव सिलगढी जिल्ला अस्पताल अघिको फुटपाथ दखलमुक्त गर्न तत्पर छन्। गत वर्ष कायाकल्प परियोजना र पर्यावरण अनुकूल श्रेणीमा राज्यको सबै अस्पतालहरूमध्ये सिलगढी जिल्ला अस्पतालले प्रथम स्थान ओगटेको थियो। सिलगढी जिल्ला अस्पतालमा आज रोगी कल्याण समितिको एउटा बैठक सम्पन्न भयो। यसबाहेक गौतम देवले अस्पतालमा विभिन्न परिसेवाहरूको पनि उद्घाटन गरे। यस अवधि आज अस्पताल परिसरको अवस्था देखेर तिनले क्षोभ प्रकट गरे। अस्पतालको प्रवेशद्वारमा फुटपाथ दखल गरेर पान दोकान, खानेकुरोको दोकान लगायत अवैध पार्किङ गर्ने गरेकोले गर्दा तिनले यस विषयमा कठोर पदक्षेप ग्रहण गर्ने बताए। सिलगढी जिल्ला अस्पतालमा आजदेखि बर्निङ वार्ड शुरू गरिएको छ। पुरुष सर्जिकल वार्डमा तीनवटा बेडको बर्निङ वार्ड अनि महिला सर्जिकल वार्डमा दुइवटा बेडको बर्निङ वार्ड लगायत एउटा मीटिङ हलको गौतम देवले आज उद्घाटन गरे। यसको साथै शिशु चिकित्सामा पनि केही परिवर्तन गरिएको छ। यसले गर्दा अब साधारण मानिसहरूलाई निक्कै सुविधा हुनेछ। यस अवसरमा गौतम देवले भने, अस्पताल अघि फुटपाथ दखल गरेर धेरैवटा दोकानहरू खोलिएको छ। अस्पतालमा आउने रोगीहरूलाई ध्यानमा राखेर ती दोकानहरू यहाँबाट हटाइनेछ। अस्पताल अघि यस प्रकारले फुटपाथ दखल गरेर दोकानहरू चलाउन पाइँदैन। यसभन्दा अघि पनि अवैध फुटपाथ दखलमुक्त गरेको थिए। पार्किङलाई लिएर पनि सिलगढी नगरनिगमको तर्फबाट पदक्षेप ग्रहण गरिने तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement