विण्टर कप सीजन २-को दोस्रो राउण्ड आइतवारदेखि शुरु हुने

२८ जनवरीः ब्ल्याक हर्स फूटबल क्लब (रोहिनी)- को तत्त्वावधानमा आयोजित विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो राउण्डको कार्यक्रम घोषणा गरिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ६ र ७ फरवरीमा खेलिनेछ। यसरी नै फाइनल १२ फरवरीमा हुनेछ। ए. जे. फूटबल ग्राउण्डमा हुने यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement