२८ जनवरीः ब्ल्याक हर्स फूटबल क्लब (रोहिनी)- को तत्त्वावधानमा आयोजित विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो राउण्डको कार्यक्रम घोषणा गरिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ६ र ७ फरवरीमा खेलिनेछ। यसरी नै फाइनल १२ फरवरीमा हुनेछ। ए. जे. फूटबल ग्राउण्डमा हुने यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









